जनयुद्ध र महिला मुक्तिको बारे केही प्रकाश पारिदिनु हुन्छ कि ?
जनयुद्ध र महिला मुक्तिको कुरा गर्दा सर्वप्रथम जनयुद्धको अर्थ बुझ्नु जरुरी हुन्छ । जनयुद्ध भनेको जनता संलग्न भएको युद्ध हो। तसर्थ जनताभित्र महिला नआउने कुरै भएन । अब प्रश्न उठ्छ जनयुद्ध के का लागि ? किन नेपालमा सयौ हजारौं महिला तथा पुरुष जनयुद्धमा आफ्नो ज्यान दिन तयार छन् ?
मानिस एउटा काम गर्ने सृजनशील र आशावादी प्राणी हो। मानिसलाई सबभन्दा आनन्दमय, सुखमय तब हुन्छ, जब उ समाजको लागि उपयोगी सावित हुन्छ । तसर्थ उसलाई एकातिर काम चाहिन्छ भने अर्कोतिर उसको उत्पादन शक्ति बढाउनका लागि गास, बास र कपास चाहिन्छ। तर विद्यमान प्रतिक्रियावादी उत्पादन सम्बन्ध जसले गर्दा अधिकांश मेहनतकश जनता एकातिर चरम रूपमा शोषित, पीडित छन् भने अर्कोतिर देशका सामन्ती, भारतीय विस्तावाद र अमेरिकन साम्राज्यवादका एजेन्टहरूले मेहतनकश जनतामाथि चरम शोषण गरेर राज्य हाँकिरहेका छन् । अझ मेहनतकश महिलाहरू त यो राज्य सत्ताको अर्धसामन्ती र अर्धऔपनिवेशिक शोषणबाट मात्र नथिचिएर पुरुष प्रधान शोषणबाट समेत थिचिएर बस्न बाध्य छन् । अतः अहिले चल्दै आएको जनयुद्ध पुरानो प्रतिक्रियावादी सामन्ती र साम्राज्यवादी, विस्तारवादी शोषणमा आधारित राज्यसत्तालाई भत्काएर आम मेहनतकश जनताको उत्पादन शक्ति बढाउने प्रगतिशील समाजवादतिर उन्मुख पूँजीवादी संरचना बनाउने दिशातिर लक्षित छ । तसर्थ यो नयाँ व्यवस्थालाई नोलो जनवादी व्यवस्था पनि भनिन्छ । जसमा आम किसानहरूको लागि ‘जसको जोत उसको पोत’ को सिद्धान्त व्यवहारमा लागू गरिन्छ भने आम महिलाहरूका लागि पैतृक सम्पत्तिमाथि समान अधिकारलाई साकार पारिदिन्छ ।
त्यस्तै महिला मुक्तिको कुरा गर्दा यहाँ लिङ्गीय शोषण, वर्गीय शोषण, जातीय शोषण र क्षेत्रीय शोषणबाट मुक्तिको प्रश्नहरू पनि उठ्छन् । किनभने वर्गीय, लिङ्गीय, जातीय र क्षेत्रीय शोषणको सबै रूपहरूको सबभन्दा ठूलो चोट महिला वर्गले नै भोग्नु परिराखेको हुन्छ । हाम्रो देशका अधिकांश महिलाहरू गरीब वर्गमा, उत्पीडित जाति र क्षेत्रमा पर्दछन् । तसर्थ महिलाको लागि जनयुद्ध झन् अपरिहार्य छ। त्यसैले त जनयुद्ध महिलामुक्तिको सम्बन्ध नङ र मासु बीचको सम्बन्ध झै गहिरो र अटुट हुन्छ भनेर बुझ्नु जरुरी हुन्छ ।
नेपालमा हाल महिलाहरूको स्थिति कस्तो छ ?
नेपाली महिलाहरूको पिठ्यमा एकैचोटि डोकोभरि शोषणको भार बोक्न परेको छ ।
लिङ्गीय, वर्गीय, जातीय, क्षेत्रीय, धार्मिक जस्ता शोषणका भारीले आज नेपाली महिलाहरूको शरीर कुप्रो अनुहार च्याउरी परेको छ ।
नेपालमा हाल महिलाहरूको नाजुक स्थितिको बारेमा त तिनीहरूको उच्च मृत्युदरले नै झल्काउँछ यद्यपि महिलाहरू पुरुषभन्दा जैविक रूपमा बलिया पुरुषभन्दा पहिल्यै मर्छन । त्यस्तै विश्वभरिमा सबभन्दा बढी मातृ मृत्युदर ने भएकोले तिनीहरूको जीवन आय पुरुषभन्दा बढी भए तापनि नेपालमा महिलाहरू नेपालमा भएकोले पनि नेपालका महिलाहरूको जर्जर अवस्था झल्किन्छ र विस्तारवादी शोषण, रूढिवादी सांस्कृतिक, यौनशोषणको चाप भोगी राज उनीहरूले एकैचोटि अभाव, भौतिक अस्विधा, सामन्ती शोषण, साम्राज्यवादी कमाउन मुग्लान तथा अन्य सहरमा पठाएर घरपरिवार पाल्ने सम्पर्ण जिम्मा परिरहेको हुन्छ । त्यसमाथि गाउँघरमा आफ्नो लोग्ने, छोरा, भाइहरूलाई पैसा विस्तारवादी, विकृत संस्कृति र आर्थिक शोषणका सिकार बनेका छन् । एकातिर तिनीहरूको नै भएको छ । उता सहरतिरका महिलाहरू साम्राज्यवादी तिनीहरू सस्तो श्रमका भण्डारसरह भएरहेका छन् भने अर्कोतिर तिनीहरू सस्तो यौन शोषणको साधन बन्दै गइरहेका छन् । देश बाहिर विशेषतः भारतमा नेपाली चेलीहरू त्यहाँका भैसीभन्दम सस्तो मूल्यमा सहरका कोठीहरूमा यौन शोषणका लागि बिक्दैछन । छोटो शब्दमा भन्दा नेपाली महिलाहरूको स्थिति साह्रै नै नाजुक दर्दनाक र अमानवीय छ ।
महिलाहरूको विद्यमान स्थिति सुधार्न जनयुद्धद्वारा कस्तो अपेक्षा राख्न सकिन्छ ?
महिलाहरूको विद्यमानस्थिति जनयुद्धको क्रममा नै रूपान्तरण हुँदै गइरहेको छ भने अझ जनयुद्ध सफल भए पछि बढ्ने नौलो जनवादी सत्तामा त तिनीहरूको हक अधिकार सुख सुविधाहरूमा झन् आधारभूत परिवर्तन आउने छ ।
जनयुद्धकै दौरानमा त्यसमा सहभागी बन्दै गइरहेका महिलाहरूमा धेरै लोभलाग्दो सुधारहरू भइरहेका छन् । एक त सामन्ती संरचनाले बाँधिराखेका जजिरलाई जनयुद्धले तोडेर तिनीहरूलाई मुक्त बनाएका छन् । यसले गर्दा तिनीहरूमा लुकिराखेको भावना, आकांक्षा, सीप र कला जनयुद्धको दौरानमा प्रस्फुटित हुन पाइराखेको छ। दोस्रो, तिनीहरू पनि पुरुषहरूभन्दा कम छैनन् भनेर पुरुषको हाराहारीमा बन्दुक बोकेर सरिक भएका छन् । कतैकतै त पुरुषहरूलाई समेत नेतृत्व गर्ने कमाण्डर समेत भएर फौजी रेड र एमबुसमा सफलतापूर्वक विजय हासिल गरेका छन्। आज कतिपय उपेक्षित महिलाहरू जस्तै विधवा, सौतामा परेका, टुहुरा, लोग्नेबाट उपेक्षित महिलाहरूलाई जनयुद्धले नयाँ रूपमा जन्म दिएको छ। आज माओवादी बढी प्रभावित क्षेत्रहरूमा महिलाहरूले हलो जोत्नेलगायत पुरुषहरूले गर्ने सबै काम गर्दछन् । त्यहाँ कसैले खुलेर जुवातास खेल्न र रक्सी खान हिम्मत गर्न सक्तदैनन् । कतिपय चरित्रहीन, बलात्कारी गुण्डाहरूलाई महिलाहरूकै गुरिल्ला दस्ताले कारबाहीसमेत गरेको छ।
अझ जनयुद्धपश्चात् स्थापित हने नौलो जनवादमा त राज्यसत्तामा नै निर्वाचित भएर राज्यको नीति बनाउने राज्य व्यवस्थामा सहभागी बन्न आउँछन्। पैतृक सम्पत्तिमाथि निःसर्त पुरुषसरह समान अधिकार पाउने छन् । पारपाचकले व्यावहारिक रूप लिन पाउने छन् । तलवी सत्केरी बिदादेखि लिएर शिश स्याहारको व्यवस्थासम्म राज्यसत्ताले उपलब्ध गराइदिन्छ । यसरी महिलाहरूको
उत्पादन शक्ति बढाएर भविष्यमा समाजवादी व्यवस्थातिर उन्मुख गराउँछन् । आर्थिक समानताको आधार तयार पार्दपार्दै पनि यदि लिङ्गीय शोषण कायम रही सहेमा, सांस्कृतिक क्रान्तिको लगातार प्रक्रियाले समाधान गर्ने व्यवस्थाले दिनेछ ।
जनयुद्धको क्रममा माओवादी गरिल्ला समुदायभित्र यौनकाण्डको कुरा पनि बाहिर आइरहेको छ, त्यसबारे केही प्रस्ट पारी दिनुहन्छ कि ?
जनयुद्धको क्रममा माओवादी ग्रिल्ला समुदायभित्र यौनकाण्डको कुरा छ भन्न एकदम सनियोजित रूपमा ल्याइएको भ्रामक प्रचारवाणी मात्र हो । जनयद्धलाई नैतिक रूपमा बदनाम गर्ने एउटा मनोवैज्ञानिक आक्रमाणको दुष्प्रयास हो नेपालको मात्र होइन, अन्य देशमा चलिरहेको जनयुद्धमा पनि यस्तै प्रकारको लाञ्छना लगाउने गरेको इतिहास साक्षी छ । माओवादी बल भनेको नै नैतिक बल आफनो हातमा लिएर अघि बढिरहेका छन् । जबकि प्रतिक्रियावादी राज्य सत्ताको हो । जसले गर्दा उनीहरू बन्दक, बारुददेखि नडराउन आफनो ज्यानलाई समेत शक्ति भनेकै हतियारले लेस सेना हो। जसको नैतिक बलको अभावले गको सानोभन्दा सानो ढुंगा बर्सिन थाल्यो भने पनि चिच्याउँदै भागेको खबर त तपाईंहरूले पत्रपत्रिकामा समेत रिपोर्टिङ गर्दै आउनुभएको छ। बरु जनयुद्धले गुरिल्लाहरूमा एउटा उच्च नैतिकताको उदाहरण स्थापित गरेको छ। आ-आफ्नो व्यक्तिगत सुख सुविधा, सम्पत्तिसमेत छोडेर हिडेका यी युवायुवतीहरूमा जनयुद्धले एउटा बाँच्ने उद्देश्य र लक्ष्य दिएको छ। त्यो हो-मध्ययुगीन सामन्तीशोषण र अन्य आधुनिक छाडा साम्राज्यवादी आर्थिक र यौन शोषणको विरुद्ध लडेर नौलो जनवादी व्यवस्था स्थापना गर्ने। बरु संगसँगै काम गर्ने दौरानमा यदि दुई युवा युवतीबीच प्रेम सम्बन्ध बढ्यो भने त्यसलाई सहर्ष स्वीकार गरेर विवाहसमैत गरिदिने गरेको छ । कथमकदाचित विवाहभन्दा बाहिर सम्बन्ध बढ्न गएमा तुरन्त जावश्यक सजाय पनि गर्ने गरेको छ। यसले गर्दा माओवादी प्रभावित क्षेत्रमा जनयुद्धबाट सबभन्दा बढी प्रभावित महिला वर्ग नै छन् ।
बरु नेपालमा युवायुवतीहरूलाई विकृत, अश्लील-संस्कृक्तिबाट बचाउने काम जनयुद्धले गरिराखेको छ । युवाहरूमा आउने जोस, उमङ्गलाई यौन विकृतिबाट जोगाएर जनयुद्धतिर रूपान्तरित गर्ने काम गरिराखेको छ। साम्राज्यवादी विस्तारवादी, उपभोक्ता विकृति संस्कृतिको विकल्पमा जनयुद्धले नयाँ नयाँ प्रगतिशील जन संस्कृतिको विकास गरेको छ ।
जनयुद्ध सफल हुनासाथ महिलाहरूको उत्थान हुन्छ भन्ने कुरा कसरी विश्वास गराउनुहुन्छ ?
सर्वप्रथम यो बुझ्नु जरुरी छ कि जनयुद्धमा महिलाहरूको सहभागिता अति नै राम्रो भइरहेको छ । तसर्थ जनयुद्ध सफल हुनासाथ नौलो जनवादी व्यवस्थामा महिलाहरू निष्क्रिय भएर बस्लान् भन्ने प्रश्नै उठदैन । किनकि अब आउने सत्ता मनेको पंजीवादी संसदीय व्यवस्था होइन, जहाँ मूलतः बजवा वर्गलाई प्रतिनिधित्व गर्ने पार्टीहरूले महिला वर्गको प्रश्न उठाउने व्यर्थ आशा गरिन्छ । अब आउने नौलो जनवादी सत्तामा त माथि भनेझै मेहतनकश महिला वर्गबाट नै महिलाहरूको प्रतिनिधि छानिएर सर्वहारा कम्युनिस्ट पार्टीको नेतृत्वमा गठित संयुक्त मोर्चामा सामेल भएर राज्यसत्ता हाँक्ने क्रममा सलग्न हुन जान्छन् । तसर्थ हालको संसदीय व्यवस्थामा भिख मागे जस्तो महिला अधिकार माग्ने नभएर आधा आकाश आधा धर्तीको अधिकार सुरक्षित गर्ने राज्यसत्तामा एउटा जिम्मेवार सदस्यको हैसियतले महिलाहरू सहभागी हुन्छन् ।
इतिहास नै साक्षी छ जब रुसमा अक्टोबर क्रान्ति सम्पन्न भयो तथ त्यहाँका महिलाहरूमा कति गुणात्मक परिवर्तनहरू आए । सामन्ती संरचनाले बाँधिएका महिलाहरू बेश्यावृत्तिमा संलग्न महिलाहरू क्रान्तिपछि कति स्वतन्न भए, कति उत्पादनशील भए र पुरुषको दाँजोमा कति छिटो पुगे । प्रेतक सम्पत्तिमा समान अधिकार, पारपाचुके गर्ने अधिकार, तलबी सुत्केरी बिदाको व्यवस्था शिश स्याहार केन्द्रको व्यवस्था, शिक्षा, रोजगारी र स्वस्थको व्यवस्था आदि सबै पाए । तर त्यही इतिहासले के पनि सिकाइरहेको छ भने जनयुद्ध सफर भएर माग पुग्दैन, त्यहाँ क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतत्व पनि त्यत्तिले बलियो हनपर्छ अन्यथा पंजीवादी विचारधारा हावी हुन थाल्यो भने सर्वप्रचर महिला वर्गले आफूहरूले पाएका हकहित गुमाउनुपर्ने हुन्छ । आज पूर्वी जर्मनील महिलाहरूको (जो पहिला कम्युनिस्ट व्यवस्थाअन्तर्गत थिए। अवस्था कति नानुक छ। पहिले पाइरहेको गर्भपतनको अधिकारसमेत उनीहरूले गुमाएका छन्। रोजगारीको ग्यारेन्टी अब छैन । शिशु स्याहारको व्यवस्था अब कटौती भएको छ। काम नपाएर तिनीहरूले आफ्नो जीउ खुल्ला बजारमा बेच्न परिराखेको छ। तसर्थ जनयुद्धको सफलता सँगसँगै भावी राज्यसत्तामा क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्व रहिरहनु महिला वर्गको निम्ति अति आवश्यक छ ।
हाल चर्चित रहेको पैतृक सम्पत्तिमा छोरीलाई अधिकार दिने विषयमा तपाईको धारणा कस्तो छ ?
हाल चर्चित रहेको पैतृक सम्पत्तिमा छोरीलाई अधिकार दिने विषयले त झन् के कुरा सावित गरेको छ भने महिला मुक्तिको लागि जनयुद्ध अर्थात् आमूल परिवर्तन अनिवार्य छ जसरी संसदीय व्यवस्था भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने भनेर चिनिन्छ। त्यसरी नै यस व्यवस्थाबाट निर्मित विधेयकमा पैतृक सम्पत्तिमा छोरीलाई अधिकार दिने भनेको माछामाछा भ्यागुतो सरह भएको छ। के पहिले पनि महिलालाई पैतृक सम्पत्ति दिएको थिएनन् । जरूर दिएको थियो । तर एक सर्तमा त्यो थियो अविवाहित रहिरहनु र ३५ वर्ष नाघिसकेको हुनुपर्ने । तसर्थ यहाँ समान अधिकारको कुरा गर्दा पैतृक सम्पत्तिमा पुरुषसरह निःसर्त समान अधिकार पाउनु हो। तर अहिले बनाएको विधेयकमा महिलालाई पैतृक सम्पत्तिमाथि समान अधिकार दिएजस्तो मात्र गरेर माइलमा पुर फर्कने गरिदिएको छ । अर्थात् यसमा पनि सर्त राखेको छ । यसले के साबित गर्दछ भने जबसम्म अर्धसामन्ती र अर्धउपनिवेशिक संरचना नभत्काउने सर्तमा मात्र अधिकार दिइनेछ । अर्थात महिलाहरू यस संरचनाबाट कहिले पनि पूर्णरूपले मुक्त हुने वाला छैनन् । तसर्थ यो धोकापूर्ण विधेयकले जनयुद्धको औचित्यलाई अझ प्रमाणित गरेको छ ।
माओवादी जनयुद्ध तेस्रो वर्षमा प्रवेश भयो, अबको कार्यक्रम कस्तो ल्याइँदैछ ?
ने.क.पा. (माओवादी) ले जनयुद्ध तेम्रो वर्षमा प्रवेश गरेको सन्दर्भमा प्रेषित वक्तव्यमा छापामार युद्धलाई अर्को नयाँ उचाइमा उठाऔं’ भन्ने नारासहित तेस्रो फौजी राजनीतिक योजना कार्यान्वयन गर्ने कुरा प्रकाशमा आइरहेको छ। यसअनुसार फौजी हिसाबले छापामार इलाका कायम गर्नेतिर लाग्ने हो र राजनीतिकरूपमा सत्ता शून्य भएको ठाउँमा नयाँ जनवादी सत्ताको भ्रूणहरू तयार पार्नेतिर लाग्ने हो । त्यसमा महिलाहरू पनि पुरुषहरूसित काँधमा काँध मिलाउँदै अनेकौं उत्पादनशील कममा, विकास निर्माणसम्बन्धी काममा स्थानीय सत्तामा भागीदार भएर जिम्मेवारीपूर्वक कार्य गर्नेछन् । साथै युद्ध मैदानमा जनयुद्धलाई निरन्तरता दिई अझ नयाँ उचाइमा उठाउने कार्यमा हिस्सेदार भइरहने छन् । तसर्थ अब आउने कार्यक्रम भनेको एउटा हातले दुश्मनसित लड्ने र अर्को हातले स्थानीय रूपमा नौलो जनवादी सत्ताका भ्रूणहरू तयार पार्ने हो ।
– नेपाल समाचारपत्र, २०५५ जेठ २५